देशभरि मौसमको अवस्था: केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हाल देशमा पश्चिमी वायू तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो:

  • कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

  • बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहनेछ।

  • कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्नेछ।

  • ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति:

  • कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।

  • बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

  • कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात हुन सक्नेछ।

यस मौसमी अवस्थाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

4o

Leave a Reply

Your email address will not be published. Required fields are marked *