आगलागीबाट ट्रक जलेर नष्ट

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
धनुषामा दुई ट्रक ठोक्किँ दुर्घटना  हुदाँ ट्रक आगलागीबाट जलेर नष्ट  भएको छ। धनुषाको धनुषा नगरपालिका ६, मालटोल चौकमा आइतबार बिहान भीषण सवारी दुर्घटना भएको छ। बिहान ६ बजे पूर्वतर्फ गइरहेको प्र ०२ ०३ ००१ख ०७१५ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको ना ६ ख ३४६३ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

 

दुर्घटनापछि ना ६ ख ३४६३ नम्बरको ट्रकमा आगलागी भइ पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुवै ट्रकका चालक र सहचालक घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जनकपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय ढल्केबर प्रहरी निरीक्षक जटा शङ्कर यादवले जानकारी  दिए  ।

दुर्घटनाका कारण केही समयसम्म सो क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको थियो। हाल घटनास्थलमा प्रहरी र स्थानीयवासीको सहयोगमा ट्राफिक व्यवस्थापन र आगलागी नियन्त्रणको कार्य सम्पन्न गरिएको छ।

दुर्घटनाको कारण र क्षतिको थप विवरण प्राप्त भइनसकेको र  अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *