आजको पञ्चाङ्ग
वि.सं. – २०८२ साल, जेठ १५ गते, बिहिबार (गणतन्त्र दिवस)
ई.सं. – 2025 मे 29 तारिख, बिहिबार
सूर्योदय – बिहान ५:११ बजे
सूर्यास्त – बेलुका ६:५२ बजे
तिथि – तृतीया राति २७:०३ बजेसम्म, त्यसपछि चतुर्थी
पक्ष – शुक्ल पक्ष (जेठ महिना)
नक्षत्र – आर्द्रा राति २६:३० बजेसम्म, तत्पश्चात पुनर्वसु
योग – शूल बेलुका १९:३१ बजेसम्म, त्यसपछि गण्ड
करण – तैतिल दिउँसो १५:५२ बजेसम्म, तत्पश्चात गर
चन्द्रराशि – मिथुन
ऋतु – ग्रीष्म
अयन – उत्तरायण
—
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
सफलता पाउने संकेत देखिन्छ। रमाइलो खानपान र यात्राको मौका मिल्नेछ। आर्थिक पक्ष सुदृढ रहनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
योजना कार्यान्वयनमा केही ढिलाइ भए तापनि सफल हुने सम्भावना छ। व्यवसायिक लाभ मिल्नेछ। सतर्कता आवश्यक हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आत्मबल उच्च रहने दिन। सानो प्रयासले राम्रो उपलब्धि मिल्न सक्छ। दीर्घकालीन योजनाका लागि उपयुक्त समय हो।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
काममा ढिलासुस्ती देखिन सक्छ। खर्चमा बृद्धि हुने सम्भावना छ। पारिवारिक समन्वयमा ध्यान दिनु उपयुक्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ जिम्मेवारीले आत्मविश्वास बढाउनेछ। गरिएको श्रमको उचित कदर हुनेछ। भौतिक सुख-सुविधा प्राप्तिको संकेत।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतिष्ठा बढ्ने काममा संलग्नता हुनेछ। आम्दानी वृद्धि हुने सम्भावना छ। आफ्नो क्षेत्रमा प्रभाव जमाउने समय हो।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आर्थिक पक्षमा सजगता आवश्यक छ। धैर्य अपनाउँदा लाभ मिल्नेछ। समयको सदुपयोगमा ध्यान दिनुहोस्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
स्वास्थ्यप्रति विशेष ध्यान दिनुपर्ने दिन। सामाजिक दायित्वहरू बढ्न सक्छन्। नयाँ काम सुरुवात गर्न उपयुक्त समय होइन।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पारिवारिक समस्या समाधान हुने सम्भावना छ। रमाइलो कार्यक्रममा संलग्न हुने अवसर मिल्नेछ। चुनौतीसहित अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगनशीलता सफलता दिलाउनेछ। यात्रा लाभदायक बन्नेछ। व्यापारिक क्षेत्र सुधारतर्फ उन्मुख रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
मानसिक चाप घट्नेछ। अध्ययनमा राम्रो प्रगति हुने देखिन्छ। व्यापारमा मेहनत गरेमा सकारात्मक नतिजा प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ काम सुरु गर्न अझै समय पर्खनु उपयुक्त हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोस्। पारिवारिक सम्बन्धमा सन्तुलन आवश्यक छ।