च्याउ खाँदा दस जना बिरामी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

तनहुँको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा १० जना बिरामी भएका छन्। म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरले बारीमा उम्रिएको च्याउ शान्तिटोलस्थित मामाघरमा ल्याएर पकाएर खाँदा उनीहरू बिरामी परेका हुन्।

बिरामी हुनेहरूमा ६३ वर्षीय गुरुबहादुर पुलामी, ३१ वर्षीय सुरेन्द्रबहादुर पुलामी, ३० वर्षीय नारायण मगर, २३ वर्षीया पवित्रा मगर, ४२ वर्षीय तिलबहादुर थापा मगर, ६६ वर्षीय चक्रबहादुर पुलामी, १८ वर्षीया आरती पुलामी, ३६ वर्षीय केशव पुलामी, ६५ वर्षीया सीता पुलामी र चार वर्षीय सविन पुलामी रहेका छन्। उनीहरूको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले  बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *