घाम जस्तो न पानी जस्तो ।
जिन्दगी छैन जिन्दगानी जस्तो ।
दुधको भाउमा चौलानी बेच्ने
मेरो गाउँ होइन राजधानी जस्तो ।
म पनि राजा आउ बचाउ भन्थेँ
पारस् पो भएनन् हिमानी जस्तो ।
आमाले कुटुन् सानीमाले चाटुन्
पाउ हुन्न हजुर शिरानी जस्तो ।
आउ बस अमृत मन्थन गरौं
तिमी ठेकी म मदानी जस्तो ।
डिपि बास्तोला