वर्षाले रोक्यो नेपालको सपना, यू-१९ विश्वकपबाट बाहिरियो नेपाल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबीचको निर्णायक खेल वर्षाका कारण रद्द भएपछि नेपाल यू-१९ विश्वकपको यात्रा तय गर्न असफल भएको छ।

शनिबार बिहान साढे ९ बजे मुलपानी क्रिकेट मैदानमा हुने भनिएको खेल निरन्तर वर्षाका कारण हुन सकेन। बिहानैदेखि परेको वर्षाले मैदान भिजेपछि खेलको समय पछाडि सारिएको थियो। तर वर्षा रोकिए पनि मैदान चिसो र खेलयोग्य नभएको भन्दै खेल अन्ततः रद्द गरिएको हो।

यो खेल दुबै टिमका लागि निर्णायक थियो। तर खेल रद्द भएपछि अंकतालिकामा अफगानिस्तानले नेपालको तुलनामा राम्रो रनरेटका आधारमा विश्वकपमा स्थान बनाएको छ।

नेपाली यू-१९ टिमका लागि यो गम्भीर निराशा हो, विशेषतः घरेलु मैदानमै खेल्दा पनि अन्तिम लक्ष्यसम्म पुग्न नसक्नु दुर्भाग्यपूर्ण रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *