कन्याममा मासुका लागि जिउँदै गोरुको फिला काटियो (भिडियो सहित

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मासुको लागि मान्छेहरु कतिसम्म मरिहत्ते गर्छन् रु कुन हदसम्म अपराध गर्न तयार हुन्छन् रु कल्पना गर्न नसकिने इलामको एउटा घटनाले देखाउँछ । घटना इलामको सूर्योदय नगरपालिका ६ कन्यामको हो । त्यहाँ गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । उक्त गोरुको एकापाटा फिलाको भाग नै छैन । हड्डीसम्म खुर्किएर मासु निकालिएको छ । करिब चार किलो मासु निकालेर लगेको
उक्त गोरु स्थानिय राम राईले पालेका थिए ।
सो गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तंग्रिदै थियो । तर, फेरि उसैगरी गोरुको फिलाको मासु काटेर लगेको उनलेे

बताए । गोरु धनी राई बिहान गोठमा जाँदा गोरु मरिसकेको थियो । यसअघि उनै राईको एक हल गोरुको फिला काटेर लगेको थियो । त्यसमध्ये एउटा गोरु पनि मरिसकेको छ ।
आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीको लागि अनुरोध गरेका थिए । तर, उनीहरुले यसको संकेत पाउन नसकिएको भन्दै घटनालाई सामसुम बनाएका थिए ।के भन्छन् गोरुधनी राई ?म कन्यामको यस ठाउँमा बनिबुतो गरेर बस्छु । अर्काको जग्गा भाडामा लिएर बसिरहेको छु । म बस्ने ठाउँ र गोठको दूरी करिब सय मिटरको छ । तर, गोठ भएको जग्गा अलि कोल्टे भएकाले त्यहाँ भएको कुरा घरमा थाहा पाउन सकिदैन । अस्तिको राती पनि म गोठमा घाँस खोले दिएर फर्किएको थिएँ ।
बिहान घाँस हाल्न जाँदा गोरुको एउटा फिला पुरै काटेर मासु लगेको देखें । त्यो गोरुको यसअघि पनि फिला काटिएको थियो । घरेलु उपचार गरेर निको बनाएँ । बल्लतल्ल निको हुँदै थियो, फेरी फिला नै काटेर लगेछ । गोरु बचाउन सकिएन । यसअघि पनि मेरो एक हल गोरुको फिला काटेर लगिएको थियो । एउटा कालो रंगको गोरुको दुई पटकसम्म काटियो, जसलाई हामीले बचाउन सकेनौं ।
यस सम्बन्धमा मैले प्रहरीलाई खबर गरें । उनीहरुले भिडियो खिचेर राख्नु मात्र भने, अरु कारबाही नै गरेनन् । स्थानिय प्रतिनिधिहरुले पनि कारबाहीको लागि खासै पहल गरेनन् । यहाँ मेरो मात्र होइन, अरुको पनि यस्तै भइरहेको छ । केही समयअघि जिउँदै खसीको मासु यसरी चोरिएको थियो । केही युवाहरुमाथि धेरैले शंका गरेका थिए । उनीहरुलाई पक्राउ गरेर पनि कारबाही नगरी छाडियो । खै किन हो थाहा भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *