‘ऊनको स्वीटर’ चौथो सातामा, १० करोडभन्दा बढी कमाइ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलाम — नेपाली चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको चौथो हप्तामा प्रवेश गरिसकेको छ। आर्टमाण्डू नेपालको ब्यानरमा तयार भएको यो फिल्मले देशभरबाट हालसम्म करिब १० करोड ५ लाख रुपैयाँ ग्रस आम्दानी गरेको निर्माण पक्षले जनाएको छ।

फिल्मले चौथो सातासम्म आइपुग्दा पनि देशभर १०० भन्दा बढी शो पाउँदै आएको छ, जुन नेपाली फिल्मका लागि उल्लेखनीय उपलब्धि मानिन्छ। नयाँ निर्देशक नवीन चौहानको लेखन र निर्देशनमा बनेको यो चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको साथ पाउँदै आएको छ। कथावस्तु, संवाद, निर्देशन र अभिनय पक्षबाट दर्शकलाई तान्न सफल भएको छ।

चलचित्रमा विपिन कार्की, मिरुना मगर, माओत्से गुरुङ, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको छ।

फिल्म समीक्षक र आम दर्शकबाट आएको सकारात्मक प्रतिक्रिया र प्रशंसाले चलचित्रको प्रदर्शन अझ बलियो बनेको छ। यद्यपि ओभरसिज प्रदर्शनको तथ्याङ्क सार्वजनिक भइसकेको छैन, तर विदेशमा पनि फिल्म राम्रो प्रदर्शन गरिरहेको बताइएको छ।

देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले फिल्मलाई व्यापारिक आधारमा ‘सुपरहिट’ को श्रेणीमा राखेको छ। यससँगै, ‘ऊनको स्वीटर’ वि.सं. २०८२ सालको पहिलो सुपरहिट नेपाली चलचित्र बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *