तीनकुने घटनामामा संलग्न थप एक पक्राउ

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

गत  चैत १५ गते  तिनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न थप एक जना पक्राउ परेका छन् ।

झापा जिल्ला अर्जुनधारा नगरपालिका ५ घर भई वर्ष ४८  ओमप्रकाश लुँइटेल पक्राउ परेको  काठमाडौं जिल्ला परिसरका प्रवक्ता अपिल बोहराले बताएका  छन् ।  उनी राजावादीको आन्दोलनमा आगजनी र तोडफोडमा संलग्न रहेको पाइएको छ ।

काठमाडौं जिल्ला अदालत बाट चार दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ । उनी ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ दुर्गा थापा नेतृत्वको आन्दोलनमा सहभागी थिए ।यो सँगै तीनकुने हिंसात्मक घटनामा पक्राउ पर्नेको सङ्ख्या ८३ पुग्यो । जसमा ८ जना हाजिरी जमानीमा छुटेका बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *