मंगलबार देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान गरिएको छ। सबै प्रदेशका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पर्ने अनुमान गरिएको छ।
आज राति पनि देशभर साधारणतया बदली नै रहने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा हुन सक्ने मौसमविद्हरूले जनाएका छन्।
यस्तै, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताइएको छ। वर्षासँगै पहिरो, बाढी र खोला-नाला तथा सडक अवरुद्ध हुने जोखिम रहने भएकाले सतर्क रहन मौसमविद्हरूले आग्रह गरेका छन्।