आजको मौसमः पाँच प्रदेशका पहाडी भु-भागमा भारी वर्षा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ नेपालको तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर सक्रिय रहेकाले आगामी २४ घण्टामा पूर्वी भू–भागभन्दा पश्चिम नेपालतर्फ मनसुन बढी सक्रिय रहने देखिन्छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर हाल पूर्णतया बदली छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

राति देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा मधेश प्रदेशसहित अन्य पहाडी र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने अनुमान छ। कोशी र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

त्यसैगरी गण्डकी र लुम्बिनीका पहाडी भू–भागका थोरै स्थान, लुम्बिनीको तराई, सुदूरपश्चिमको तराई र कर्णालीका पहाडी भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यसका कारण भू–क्षय, बाढी, पहिरो, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने, ठूला तथा साना नदी–नालामा पानीको सतह वृद्ध हुने र दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *