आज देशभर मौसम मुख्यतया सफा,कोशी–गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

ईलाम– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कोशी र गण्डकीका पहाडी भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *