यस्तो रहनेछ आजको मौसम

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

देशमा हाल पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असर देखिएको छ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराईका अधिकांश भागमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ।

त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहनेछ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा, साथै लुम्बिनी प्रदेशसहितका अन्य पहाडी क्षेत्रमा मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना रहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *