ईलाम — हाल देशभर कुनै विशेष मौसम प्रणालीको प्रभाव छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भागमा मौसम सफा रहनेछ भने पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने सम्भावना छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यस्तै, आज राति पनि ती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।