शुक्रबार देखि पूर्वी नेपालसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
image of weather

दसैँको समयमा पूर्वी नेपालसहित देशका विभिन्न भू–भागमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले चेतावनी दिएका छन्। असोज १४ देखि १६ सम्म उल्लेखनीय वर्षाको सम्भावना कम भए पनि असोज १७ देखि २१ सम्म पूर्वी नेपालमा निरन्तर भारी वर्षा सुरु हुने अनुमान छ।

गत वर्ष असोजमा भएको जस्तै यसपटक पनि भीषण वर्षा हुने सम्भावना उच्च रहेको विज्ञहरूले बताएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक डा. विनोद पोखरेलका अनुसार अक्टोबर ३ देखि ७ (असोज १७–२१) सम्म पूर्वी नेपालमा तीनदेखि चार दिनसम्म लगातार भारी वर्षा हुनसक्छ।

उनका अनुसार कृषकहरूलाई बेलैमा तयारीमा रहन र सावधानी अपनाउन सन्देश पुर्‍याउनु जरुरी छ। मौसम पूर्वानुमान महाशाखाले पनि आज जारी बुलेटिनमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

गत वर्ष असोज १० देखि १३ गतेसम्म देशभर वर्षा हुँदा जनधनको ठूलो क्षति भएको थियो। भारतको मौसम निकायले पनि असोज १७ देखि १९ सम्म सिक्किम, पश्चिम बंगाल र बिहारमा भारी वर्षाको चेतावनी जारी गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *