एमाले इलामबाट १९ जना महाधिवेशन प्रतिनिधिका लागि ७२ को उम्मेद्वारी

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
इलाम । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि आज इलाममा ७२ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । पूर्व सांसद महेश बस्नेत र सुहाङ नेम्वाङ सहित २ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट १९ जनाका लागि ७२ ले उम्मेद्वारी दर्ता गराएका हुन् ।

इलाम क्षेत्र नम्बर १ मा खुल्ला ५ महिला ३ युवा १ गरी ९ जनाको प्रतिनिधिका लागि २० जनाले उम्मेद्वारी दर्ता गरेका छन् । खुल्लामा १८ जना महिलामा ६ जना र युवामा ६ जनाले उम्मेद्वारी दिएको छ । इलाम निर्वाचन क्षेत्र नम्बर २ मा ६ खुल्ला ३ महिला र १ युवा गरी १० जना प्रतिनिधिका लागि ४२ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।

खुल्लामा २४, महिलामा ८ र युवामा १० जनाले उम्मेद्वारी दिएका छन् । नेकपा एमालेको मंसिर २७, २८ र २९ गते राष्ट्रिय महाधिवेशन हुँदैछ । दलित प्रतिनिधि १ जना भने सर्वसम्मत् भएका छन् । देवेन्द्र विश्वकर्मा प्रतिनिधिमा सर्वसम्मत भएका हुन् ।

एमाले इलामको क्षेत्र नम्बर १ मा ४ हजार ८ सय २१ र क्षेत्र नम्बर २ मा ५ हजार ७ सय ८१ पार्टी सदस्य रहेका छन् । यसरीनै जिल्लाभरिमा दलित सदस्य ४ सय ४७ जना रहेको नेकपा एमालेले जनाएको छ । सर्व सम्मत भएन भने मंसिर १३ गते एकै साथ इलामका सबै वडाहरुमा निर्वाचन हुनेछ ।लोकल सन्देश बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *