आजको पञ्चाङ्ग र रासिफल

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आजको पञ्चाङ्ग

वि.सं.: २०८२ साल, जेठ १० गते, शनिबार
ई.सं.: 2025 मे 24 तारिख, शनिबार
सूर्योदय: बिहान ५:१३ बजे
सूर्यास्त: बेलुका ६:५० बजे
तिथि: द्वादशी १६:१७ सम्म, त्यसपछि त्रयोदशी
पक्ष: कृष्णपक्ष (ज्येष्ठ)
नक्षत्र: रेवती ११:०४ सम्म, त्यसपछि अश्विनी
योग: आयुष्मान् १२:४७ सम्म, त्यसपछि सौभाग्य
करण: कौलव ०५:२९ सम्म, त्यसपछि तैतिल
चन्द्र राशिः मीन ११:०४ सम्म, त्यसपछि मेष
ऋतु: ग्रीष्म
अयन: उत्तरायण


आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
व्यवसाय, कृषि तथा उद्योगबाट फाइदा मिल्न सक्छ। आर्थिक पक्ष सबल देखिन्छ। घरपरिवारमा मेलमिलाप कायम रहन सक्छ भने पढाइमा पनि राम्रो सफलता पाइनेछ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
काममा लाभदायक समय रहेको छ। स्वास्थ्यमा सुधार देखिनेछ। पारिवारिक सम्बन्ध सन्तुलित रहनेछ। अध्ययनमा पनि राम्रो उन्नति सम्भव छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):
स्वास्थ्य सामान्य रहन सक्छ। धार्मिक तथा सामाजिक काममा रुचि बढ्नेछ। घरपरिवारमा सद्भाव रहनेछ। पढाइमा सन्तोषजनक नतिजा मिल्नेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
ठूला निर्णय वा लगानीका लागि समय अनुकूल छैन। व्यापारमा घाटाको सम्भावना छ, सजगता अपनाउनुहोस। प्रेम सम्बन्धमा असमझदारी हुनसक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
व्यवसायमा राम्रो अवसर आउन सक्छ। साझेदारी काममा सफलता मिल्ने सम्भावना छ। घर तथा प्रेमसम्बन्धमा विश्वास बलियो हुने देखिन्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
बैंकिङ, लगानी र वित्तीय कामहरूमा सफलता मिल्नेछ। बचत योजना सफल हुनेछ। स्वास्थ्य, पारिवारिक जीवन र अध्ययन पक्ष सबल रहनेछन्।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
शैक्षिक क्षेत्रमा प्रगति सम्भव छ। अनावश्यक यात्रा टार्न सकिनेछ। घरपरिवारमा सामान्य वातावरण रहनेछ। विद्यार्थीले निरन्तर प्रयासबाट सफलता पाउनेछन्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
यात्रामा अवरोध आउनसक्छ। आर्थिक लेनदेनमा ध्यान दिनुहोस। घरपरिवारमा स्वास्थ्यसम्बन्धी चिन्ता देखिन सक्छ। सम्बन्धमा विश्वासको अभाव देखिन सक्छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
लत्ताकपडा, किराना वा तरल वस्तुको व्यापारमा लाभ हुने देखिन्छ। प्रेम र पारिवारिक जीवन सुखद बन्नेछ। अध्ययनमा सकारात्मक परिवर्तन देखिनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
स्वास्थ्यमा कमजोरी महसुस हुनसक्छ। मानसिक रूपमा अस्थिरता आउनेछ। आर्थिक काममा सतर्कता आवश्यक छ। सम्बन्धमा साना कुरामा असमझदारी आउन सक्छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):
मनमा शान्ति मिल्नेछ र समाजमा प्रतिष्ठा बढ्नेछ। व्यवसाय वा रोकिएका कार्यहरूमा सफलता मिल्न सक्छ। नयाँ योजना सुरु गर्न उपयुक्त समय हो।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
पारिवारिक मतभेद तथा काममा ढिलाइ हुनसक्छ। सम्पत्ति सम्बन्धी विवाद सम्भव छ। कृषि वा पशुपालनमा हानि हुनसक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *