तीज आजदेखि सुरु, माइतीमा दर खुवाउने परम्परा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हिन्दु नारीहरूको प्रमुख पर्व तीज आजदेखि सुरु भएको छ। यस दिन छोरी–चेलीलाई माइतीले बोलाएर दर खुवाउने परम्परा रहिआएको छ। परम्पराअनुसार दरलाई तीजको व्रत बस्नुअघि गर्ने तयारीका रूपमा लिइन्छ।

भोलि व्रत बस्नुपर्ने भएकाले आज खाइने परिकारलाई सात्विक राख्ने चलन छ। विशेष गरी दूधजन्य खिर, ढकनी, गुँदपाक तथा विभिन्न मिठाइ परिकार दरमा समावेश गरिन्छ। दरले व्रतका दिन शारीरिक शक्ति दिने विश्वास गरिएको छ।

दर खाने समय भने स्थानअनुसार फरक–फरक हुन्छ। कतिपय ठाउँमा बेलुकी अरु खाना नखाई दर खाने परम्परा छ भने कतै सामान्य खाना खाएपछि मध्यरातमा दर खाने प्रचलन पाइन्छ।

स्वास्थ्य विशेषज्ञका अनुसार अत्यधिक तेल, मसला, चिल्लो वा गुलियो पदार्थ दरका रूपमा प्रयोग गर्दा शरीरमा नकारात्मक असर पर्न सक्छ। त्यसैले दरलाई पोषक र सन्तुलित बनाउनु उपयुक्त मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *