सूर्योदय नगरपालिकाद्वारा १ अर्ब ४० करोड रुपैयाँको बजेट सार्वजनिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलामको सूर्योदय नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ४० करोड ३ लाख १७ हजार २२० रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगरपालिकाको १७औं नगरसभाको तेस्रो बैठकमा उपप्रमुख दुर्गाकुमार बरालले आगामी वर्षका लागि प्रस्तावित बजेट सभामा प्रस्तुत गरेका हुन्।

कुल विनियोजनमध्ये १ अर्ब ८ करोड ३ लाख १७ हजार ३२० रुपैयाँ स्थानीय सञ्चित कोषबाट खर्च गरिनेछ भने बाँकी ३२ करोड रुपैयाँ संघीय सरकारअन्तर्गत अन्तरसरकारी वित्तीय व्यवस्थाबाट प्राप्त हुने उल्लेख गरिएको छ।

प्रस्तावित बजेटअनुसार, ६८ करोड ३१ लाख ३७ हजार २२० रुपैयाँ चालू खर्चतर्फ छुट्याइएको छ। त्यस्तै, ३९ करोड ७१ लाख ८० हजार रुपैयाँ पूँजीगत योजनाहरूमा लगानी गरिने योजना रहेको छ।

राजस्व पक्षमा नगरपालिकाले आन्तरिक स्रोत र राजस्व बाँडफाँडबाट २२ करोड ५७ लाख ११ हजार रुपैयाँ संकलन हुने अपेक्षा गरेको छ। संघीय सरकारबाट ६४ करोड ४३ लाख रुपैयाँ र प्रदेश सरकारबाट ४ करोड ४४ लाख ८१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *