सूर्योदय ६ मा ३ महिनामा १० लाख ८१ हजार राजस्व

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कन्याम । सूर्योदय  नगरपालिका अन्तर्गत  वडा नं ६ ले चालु आर्थिक वर्षको ३ महिनामा १० लाख ८१ हजार भन्दा बढि राजस्व संकलन गरेको छ । वडा कार्यालयले पाश्व चित्रमा सार्वजनिक गरेकाे विवरण अनुसार ३ महिनामा कुल १० लाख ८१ हजार ४८ रुपैया १५ पैसा राजस्व संकलन भएको हाे ।

तथ्यांक अनुसार साउन महिनामा ४ लाख ५५ हजार २६६ रुपैयाँ ३० पैसा राजस्व संकलन गरिएको छ भने भदौमा ४ लाख २५ हजार ४७२ रुपैयाँ ५५ पैसा उठेको छ । यसैगरी आश्विन महिनामा २ लाख ३ सय ९ ३० पैसा कर संकलन भएको विवरणमा जनाईएको छ।

वडामा हालसम्म कुल सुरक्षित आवास कार्यक्रम अन्र्तगत १८ वटा घर निर्माण भएका छन् । त्यसैगरी, वडाभित्र हालसम्म खानेपानीको धारा ६८२ घरले प्राप्त गरेका छन् । वडा नं ६ मा २४ वटा कृषि फर्म सञ्चालनमा रहेको वडा सचिव किशोरकुमार अधिकारी  जानकारी दिनुभयो ।

स्थानीय विकास, सेवा वितरण तथा कर प्रशासनलाई पारदर्शी बनाउने उद्देश्यका साथ वडा पाश्र्व चित्र बनाइएको वडा सचिव अधिकारीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *