नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणअन्तर्गत आज (शुक्रबार) दुई वटा महत्वपूर्ण खेल हुनेछन्।
पहिलो खेल बिहान ११:४५ बजे सुरु हुनेछ, जहाँ चितवन राइनोज र काठमाण्डु गोर्खाज आमनेसामने हुनेछन्।
चार–चार अंक हुँदा पनि दुवै टिमको खेल संख्या फरक छ—काठमाण्डुले ४ खेल खेलेको छ भने चितवनले ३ खेल मात्र खेलेको छ।
हालको अंक तालिकामा चितवन तेस्रो र काठमाण्डु चौथो स्थानमा छन्। आजको खेल दुवै टिमका लागि जित्नैपर्ने बनेको छ।
दोस्रो खेल दिउँसो ४ बजे हुनेछ, जहाँ कर्णाली याक्स र विराटनगर किंग्स प्रतिस्पर्धा गर्नेछन्।
विराटनगरले ४ खेलमध्ये एक मात्र खेल गुमाएर ६ अंक जोडेको छ र तालिकामा दोस्रो स्थानमा छ।
कर्णालीले ३ खेल खेलेर एक जित हात पारेको छ र पाँचौँ स्थानमा रहेको छ।
आजका खेलहरूले अंक तालिकामा महत्वपूर्ण परिवर्तन ल्याउने सम्भावना छ।