स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । शनिबार भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ की ३६ वर्षीया महिलाको स्क्रब टाइफसबाट मृत्यु भएको अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार यही भदौ ४ गते उनी अस्पतालमा भर्ना भएकी थिइन् । उनी छारे रोगबाट पनि पीडित थिइन् । जनस्वास्थ्य कार्यालयका प्रमुख दिनेश रुपाखेतीका अनुसार जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७३ जनामा स्क्रब टाइफस देखिएको छ ।
चितवनका ५८ जना यो रोगबाट पीडित रहेका छन । एक हजार ५३० जनाको परीक्षण गरिएकामा ७३ जनामा सङ्क्रमण पुष्टि भएको उनले बताए