नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानसिक स्वास्थ्य परीक्षणका लागि अस्पताल जान सुझाव दिएका छन् ।
हिजो पोखरामा आयोजित प्रेस सेन्टर गण्डकी प्रदेशको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले यस्तो सुझाव दिएका हुन् ।
उनले प्रधानमन्त्री ओलीले युवा संघको महाधिवेशनमा माओवादी आन्दोलन र आफूमाथि गरेको टिप्पणीको प्रतिवाद गर्दै कडा जवाफ दिए ।
‘म सुन्दैछु, प्रधानमन्त्रीज्यूले भन्नुभएको रहेछ— प्रचण्डको अभियान राजावादीसँग मिल्दो छ। यदि उहाँले साँच्चै त्यसो भन्नुभएको हो भने, म उहाँलाई एक पटक मेन्टल हस्पिटल गएर जाँच गराउन सुझाव दिन चाहन्छु,’ प्रचण्डले भने।
उनले राजावादी शक्तिहरू सक्रिय हुँदै गर्दा सरकार मूकदर्शक बनेको अभियोग समेत लगाए ।