पाकिस्तानमा मनसुनी वर्षाका कारण सात जनाको मृत्यु, २७ घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

पाकिस्तान स्थित पूर्वी पञ्जाब प्रान्तमा भारी मनसुनी वर्षाका कारण विगत २४ घण्टामा कम्तिमा सात जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पिडिएमए) ले जनाएको छ ।

मृतकहरूमा दुई जना पानीमा डुबेका, ओकारा र बहावल नगरमा एक–एक जना, मुजफ्फरगढमा पर्खाल ढल्दा दुई जनाको मृत्यु भएको र खानेवालमा चट्याङ पर्दा एक जनाको मृत्यु भएको पिडिएमएले जनाएको छ ।

मुलतान, फैसलाबाद, साहीवाल, सोरकोट र मन्डी बहाउद्दिनबाट घाइते भएका थप घटनाहरू रिपोर्ट गरिएको छ, ।

विपद् प्राधिकरणले बासिन्दाहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ भने सरकारले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

पाकिस्तानको मौसम विभागले जुलाई १ सम्म देशभर भारी मनसुनी वर्षा जारी रहने पूर्वानुमान गरेको छ । यो मौसममा सामान्यभन्दा २५ प्रतिशत बढी वर्षा हुने चेतावनी दिएको छ भने विशेष गरी तल्लो क्षेत्रमा सहरी बाढीको खतरा बढेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *