भाद्र शुक्ल पूर्णिमामा खग्रास चन्द्रग्रहण लाग्ने

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

आइतबार राति भाद्र शुक्ल पूर्णिमाका दिन खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।

समितिका अनुसार ग्रहण राति १०:११ बजे प्रारम्भ हुने छ भने ११:५६ बजे मध्य अवस्थामा पुग्नेछ। राति १:४१ बजे ग्रहण सकिनेछ। खग्रास अवस्था करिब १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण अवधि ३ घण्टा ३० मिनेट रहनेछ।

ज्योतिषीय मान्यताअनुसार ग्रहणले विभिन्न राशिमा भिन्न प्रभाव पार्ने विश्वास छ।

मेष : लाभ

वृष : सुख

मिथुन : मानहानि

कर्कट : कठिनाइ

सिंह : पारिवारिक/स्त्रीसम्बन्धी समस्या

कन्या : सन्तोष

तुला : चिन्ता

वृश्चिक : पीडा

धनु : सम्पत्ति लाभ

मकर : हानी

कुम्भ : जोखिम

मीन : खर्च

यस्तो मान्यता अनुसार मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, मकर, कुम्भ र मीन राशिका मानिसहरूले ग्रहण प्रत्यक्ष हेर्न नहुने बताइन्छ। शतभिषा र पूर्वाभाद्रपदा नक्षत्रमा जन्मिएका र कुम्भ राशि भएका व्यक्तिका लागि यस ग्रहणलाई विशेष चुनौतीपूर्ण मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *