कन्याममा स्ट्रावेरी र घैया धान खेती गरेर चर्चा कमाईरहेका तेजेन्द्र सर 

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

✍️गोपाल गिरी

कन्याम । पेशाले एक कुशल शिक्षक बाबु बाजेले गरिआएको पेशा मूलत कृषि नै तर सधैं केहि न केहि नयाँ प्रयोग गरेर काम गर्ने हुटहुटि भने सधै भइरहने । त्यै हुटहटिले डोर्याएर कन्याममा भित्रिएको  नयाँ बाली न यसको ब्याड राख्नुपर्ने, न  खेतलाई हिल्याएर रोप्नुपर्ने  केहि  चिस्यान भएमा बारी या खेतमा बीउ  छरे पुग्ने अलिअलि चिस्यान मात्रै भएमा जोतेर, जमिन खोस्रेर हातैले वा मेसिनले खेती गर्न सकिने । स्वादिलो हुने भए पनि गाउँघरबाट लोप हुँदै गएपछि सूर्योदय नगरपालिका वडा नम्बर ६   कन्यामका मेहनती युवा कृषक तेजेन्द्र तामाङ कन्यामको हावापानीमा लोपन्मूख घैया धानको उत्पादन गरेर कृषि क्षेत्रमा नयाँपनको खोज तथा अनुसन्धानमा जुट्नु भएको छ।  यसलाई छरुवा धानको रूपमा सुख्खा, कम पानी पर्ने वा आकाशे पानीको भरमा खेती गरिने जग्गामा घैया धान उपयुक्त मानिन्छ । छरुवा प्रविधिबाट हुने घैया धान कम खर्च र लागतमा सहजै खेती गरी मनग्ये उत्पादन बालीमा पर्दछ । घैया धान खेती नेपालको पश्चिमी क्षेत्रमा गरिने भए पनि क्रमश हराउदैं गएको यसबाली कन्यामको हावापानी नयाँ विकल्पको खेतीको रुपमा उदाएको छ। भर्खरै कालोपत्रे गरिएको सडक देखि केहि माथि रहेको पाखाबारीमा पस्ने बितिकै तराइको फाँटमा सुगन्ध फैलाउदै झुलिरहेको धानको आभास दिने गरि सुवास छरिरहेको घैया धान देख्दा लाग्छ कन्याममा यसको सम्भावना छ ।
के यो बैकल्पिक खेतीको रुपमा स्थापित हुन सक्ला त ?
इलामको नगदे बालीको रुपमा चिया मात्रै रहेको तर चियाको बजार भाउमा उताढचढाव आइरहने हुदाँ कृषकहरु निरश हुनु पर्ने हामी जति नै मेहनेत गरे पनि बाँच्नकै लागि गर्नु पर्ने रहेछ यसको खोजी गर्दै जादाँ पश्चिम क्षेत्रमा यसको धेरै खेती भएको पाइए पछि कन्यामको हावापानीमा कस्तो हुन्छ भनेर परिक्षणको लागि मात्रै गरिएको हो ।’ वहाँले भन्नु भयो ।
वहाँका अनुसार कन्याममा यसको खेती सफल भएमा विभिन्न कृषि प्राविधिक तथा सरोकारवाला सँग समन्वय गरेर गाउँका सबै कृषकलाइ यो धानको खेति गर्ने प्रोत्साहन गरिने छ भने यसमा लाग्ने रोग किराबारे विषयविज्ञ सँग परामर्श गरेर व्यवसायिक तवरले विस्तार गर्ने योजना रहेको वहाँको भनाइ छ।
स्ट्रावेरी खेतीमा सफल
नुवाकोटको ककनीमा स्ट्रबेरी खेतीको सुरुआत करिब दुई दशकअघि भएको मानिन्छ। जापानमा कृषि तालिम लिएर फर्किएका किसान खगेन्द्र तामाङले जापानी प्रविधिबाट प्रेरणा लिएर पहिलोपटक यस क्षेत्रमा स्ट्रबेरी खेतीको प्रयोगात्मक सुरुआत गरेका थिए।
ईलामको हावापानीमा पनि  स्ट्रावेरी खेतीको सम्भावनाको खोजी गरेर ककनी बाटै स्ट्रावेरीको बिरुवा तथा तालिम लिएर लगातार ३ वर्ष उत्पादन र बजारमा पहुँच पुर्याए सँगै तामाङ स्ट्रावेरी खेतीको परिक्षण सफल भएको र यसको पनि यश ठाउँमा विस्तार हगराउन सहयोग गर्ने सोचाईमा रहनु भएको छ।
भिडियो :👇️👇️

Leave a Reply

Your email address will not be published. Required fields are marked *