इलाममा छायांकन गरिएको मैझाराेकाे टिजर सार्वजानिक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

कार्तिक ७ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’ को टिजर   सार्वजानिक गरिएको छ। निर्माण पक्षले सोमबार बडादसैंको घटस्थापनाको अवसर पारेर फिल्मको १ मिनेट ५८ सेकेण्डको टिजर दर्शकमाझ ल्याएको हो।

सार्वजनिक टिजरमा फिल्मका मुख्य कलाकार धिरज मगर, मिरूना मगर र दीया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ। चलचित्र इलामको विभिन्न क्षेत्रमा छायांकन गरिएको छ ।

‘मैझारो’ अभिनेता विल्सनविक्रम राई (तक्मेबुढा) को निर्देशनमा बनेको फिल्म हो। उनकै लेखन रहेको फिल्ममा धिरज, मिरूना र दीयाका साथमा सुनील थापा, माओत्से गुरूङ, बुद्धि तामाङ, पुस्कर गुरूङ, अभयराज बराल, कविता आले, प्रेम सुब्बा, रजनी गुरूङ, उदय सुब्बालगायत कलाकारहरूको अभिनय छ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा डि।वि राई र सरिना लामा (राई) निर्माता रहेको फिल्ममा अनमोल गुरूङ र तोरेम्पाहाङ राईको संगीत रहेको छ। राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतले यसका गीतमा स्वर दिएका छन्।
मैझारो भाइटीकाको भोलिपल्ट कार्तिक ७ बाट प्रदर्शनमा आउने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *