मेची राजमार्गको जोरकलश–माइखोला खण्ड आंशिक रूपमा सञ्चालन, अन्य सवारीसाधनमा रोक

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मेची राजमार्गको जोरकलश–माइखोला खण्ड आंशिक रूपमा सञ्चालन, अन्य सवारीसाधनमा रोक

शनिबारदेखिको अविरल वर्षाले अवरुद्ध बनेको मेची राजमार्गको जोरकलश–माइखोला खण्ड आंशिक रूपमा सञ्चालनमा आएको छ। इलाम–झापा सिमाना जोरकलशदेखि माइखोला सडकखण्ड एकतर्फी रूपमा खुलेको हो। हाल यात्रुवाहक सवारीसाधनलाई मात्र आवतजावतको अनुमति दिइएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा जारी सूचनामा उल्लेख छ।

अन्य सवारीसाधन भने अर्को सूचना जारी नभएसम्म सञ्चालन गर्न नपाइने जनाइएको छ। लगातारको वर्षाका कारण पहिरो खसेपछि मेची राजमार्गको इलाम–पाँचथर खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। ताप्लेजुङ र पाँचथरबाट आउने सवारीसाधनलाई पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख छ।

भीषण वर्षाले इलामका विभिन्न स्थानमा ठूलो मानवीय क्षति पुर्‍याएको छ। पहिरोमा परेर हालसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने मुख्य र सहायक सडकमार्गहरू अझै अवरुद्ध रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *