मन्त्री बन्ने चर्चामा रहेका खगेन्द्र सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भएलगत्तै प्रधानमन्त्री कार्यालयले यसबारे स्पष्टीकरण दिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको दाबी गरेको हो । यद्यपि उक्त दाबी सुनारविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको विवरण सार्वजनिक भएपछि आएको हो ।
यसअघि खगेन्द्र सुनारले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको शपथ लिने तयारी भइरहेको समाचारहरू आएका थिए । तर, शपथ ग्रहणको पूर्व सन्ध्यामा सुनार फौजदारी मुद्दामा प्रतिवादी रहेको भेटिएपछि उनको सम्भावित नियुक्ति विवादमा तानिएको थियो ।