इलाम अस्पतालमा निःशुल्क रेभिज खोप उपलब्ध

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलाम अस्पतालमा रेभिज (कुकुरको टोकाइबाट हुने रोग) विरुद्धको खोपको गम्भीर अभाव अन्त्य भएको छ। अस्पतालमा हाल दुईसय भाइल निःशुल्क खोप उपलब्ध भएको छ, जसले गर्दा विरामीहरूले अब बाहिरी औषधी पसलमा खर्च बढाउनु पर्ने अवस्था समाप्त भएको छ।

अस्पतालका अनुसार, औषधी अभावका कारण यसअघि धेरै बिरामीहरूले निजी रूपमा खोप खरिद गरी लगाउन बाध्य भएका थिए। तर हाल आएका खोपले यो समस्या हटाइसकेको छ।

गत आर्थिक वर्ष ०८१/०८२ को तथ्याङ्क अनुसार, कुकुरले टोकेर आएका ८ सय ५५ जना बिरामीले इलाम अस्पतालमै खोप लगाएका थिए। यसले क्षेत्रमा रेभिजको जोखिम निरन्तर रहेको संकेत गर्दछ।

अस्पताल प्रशासनले खोपको नियमित आपूर्ति कायम राख्ने र बिरामीहरूलाई निःशुल्क सेवा उपलब्ध गराइरहने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *