सूर्योदयकी एक महिलाको कोरोना संक्रमणका कारण निधन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलामको सूर्योदय नगरपालिकाकी एक महिलाको कोरोना भाइरस संक्रमणका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा निधन भएको छ।

उनी झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट थप उपचारका लागि नोबेल शिक्षण अस्पतालमा रिफर गरिएको थियो। सोमबार अस्पतालमा भर्ना गरिएकी ती महिलाको मंगलबार बिहान ६ बजे उपचारको क्रममा ज्यान गएको हो।

स्वास्थ्यकर्मीहरूका अनुसार, मृतक महिलालाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको थियो। उनी एक सातादेखि बिरामी थिइन् भन्ने कुरा अस्पतालका प्रबन्धक दिपेश राईले बताएका छन्।

कोरोनाको नयाँ भेरियन्ट देखिएपछि नेपालमा मृत्यु भएको यो पहिलो घटना भएको जनाइएको छ। मृतकको शव परिवारलाई जिम्मा दिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

कोशी प्रदेशमा हालसम्म मोरङ, झापा र इलाम गरी आठ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये झापाका ४ जना, मोरङका २ जना र इलामका १ जनाको उपचार भइरहेको छ भने एक जनाको निधन भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *