मिनी माउन्टेनका विद्यार्थीलाई ‘मास हिस्टेरिया’ भएको पुष्टि

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

झापाको बाह्रदशी गाउँपालिका–६ मा रहेको मिनी माउन्टेन इङ्लिस सेकेण्डरी बोर्डिङ स्कूलका १७ जना बालबालिकालाई ‘मास हिस्टेरिया’ भएको पुष्टि भएको छ ।

 

बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पतालका पेडियाट्रिक डा.दिनेश साहले अस्पतालमा भर्ना भएका सबै बालबालिकालाई ‘मास हिस्टेरिया’ भएको पुष्टि गरे उनका अनुसार  – विद्यालयमा डान्सपछि पानी खाए लगत्रै बालबालिका विरामी भएको भन्दै अस्पताल ल्याइएको थियो ।

फुडपोइजन भएको आंशका गरिए पनि उनीहरुमा ‘मास हिस्टेरिया’को लक्षण देखा परेको र सामान्य उपचारपछि सबै विद्यार्थी डिस्चार्ज भएका छन् । फडपोइजन पानी खाएको १० मिनेट पनि बित्न नपाउँदै हुँदैन उनले भने – ‘मास हिस्टेरिया’ भने एक जनामा लक्षण देखापरेपछि समूहलाई सोही सिम्ट्रम देखा पर्ने र विरामी हुने गरेका छन् । उनीहरु निको पनि सोही क्रममा हुन्छन् ।

दिउँसो करिब २ बजेको समयमा विद्यालय परिसरमा रहेको धाराको पानी सेवन गरेपछि उनीहरूलाई पेट दुख्ने समस्या देखिए लगत्तै विद्यालय प्रशासनले विद्यार्थीलाई अस्पताल भर्ना गरेको थियो ।

तुरुन्तै विद्यालय प्रशासन र शिक्षकहरूको सहयोगमा सबै बालबालिकालाई उपचारका लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको र उपचारपछि सबै वालवालिका सकुसल घर फर्किएको विद्यालयका संस्थापक प्रिन्सिपल खगेन्द्र सुवेदीले बताए । विद्यार्थी कक्षा ४ र ५ मा अध्ययनरत रहेको बताएको छ ।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नयव निरीक्षक बलकुमार राईको नेतृत्वमा टोली घटनास्थलमा खटिएको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले समेत विद्यार्थीले दुषित पानी सेवन गरेका कारण उनीहरु विरामी भएको हुनसक्ने आशंका गरेको थियो । तर, अस्पतालमा उपचारका क्रममा सबै बालवालिकालाई ‘मास हिस्टोरिया’ भएको खुलेको हो ।

के हो ‘मास हिस्टेरिया’ ?

बिर्तासिटी अस्पतालका डा. साहका अनुसार यो एक प्रकारको मानसिक समस्या हो । पहिला–पहिला बोलीचालीको भाषामा यसलाई हिस्टेरिया भनिए पनि अहिले डिसोसिएटिभ कनभर्जन डिसअर्डर’ भनिन्छ ।

यो यौटा यस्तो अवस्था हो। जसमा आफ्नो विगतको पहिचान र हालको अवस्थाको समन्वय गर्ने क्षमताको आंशिक वा पूर्ण रुपमा कमी हुने गर्दछ र स्वभाविकभन्दा भिन्न देखिन्छ । कहिले बेहोस हुने अनि कहिले बक्ने, काम्ने हुन्छ । यस्तो समस्या एकपछि अर्कोमा सर्दै धेरै जनाका एकैपटक देखिन थाल्यो भने त्यसलाई मास कनभर्जन अथवा मास हिस्टेरिया भनिन्छ । अस्पतालमा भर्ना भएका विद्यार्थीमा पनि एकै पटक पेट दुख्ने समस्या देखा परेको थियो । उनीहरुलाई सामान्य उपचारपछि यो समस्या हटेर गयो – डा. साहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *