बालबालिकाद्वारा  भित्ते पत्रिका प्रकाशन

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

राेङ। ४ भदाै
राेङ ६ मा रहेकाे सरस्वती  माध्यामिक बिद्यालयका बालबालिकाले  “सरस्वती बाल संसार ” भित्तेपत्रिका प्रकाशन गरेका छन् ।
विद्यालयमा  गठित सरस्वती वाल क्वलकाे  सक्रियतामा सरस्वती बाल संसार नामक भित्ते पत्रिका प्रकाशन गरिएकाे हो। त्रैमासिक रुपमा प्रकाशन गरिने बाल पत्रिकाकाे आज एक कार्यक्रम वीच  बिद्यालयका प्रधानाध्यापक गाेविन्द पाैडेल र सरस्वती वालक्लवका अध्यक्ष स्पर्श प्रधानले संयुक्त रुपमा लाेकार्पण गरेका हुन ।
बालबालिकाहरूमा रहेकाे सृजनशील प्रतिभाहरुलाई लेखनकाे माध्यामवाट प्रकाशन गरी बालबालिकाको  लेखन सीपकाे बिकाश गर्दै साहित्य कलामा विकास गर्दै थप उर्जाशील वनाउन उनीहरुकै सकृयतामा भित्ते पत्रिकाकाे प्रकाशन थालिएकाे बालक्लवका संरक्षक शिक्षक सन्ताेष भण्डारीले  वताए ।
छाेटा कथा,कविता,चुटकिला,गीत ,गजल,चित्र जस्ता बिधाहरु समेटिदै अहिले शुरुवाती चरणमा त्रैमासिक रुपमा प्रकाशन गरिने वालपत्रिकालाई आगामी दिनमा मासिक रुपमा प्रकाशनकाे लक्ष राखेकाे सरस्वती  वालक्लवका सचिव आकृति सुबेदीले बताइन्   ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *