वीरेन्द्र माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव सम्पन्न

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

सूर्योदय    ११, आइतबारेस्थित वीरेन्द्र माध्यमिक विद्यालयको ६३औँ वार्षिकोत्सव शुक्रबार उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। सूर्योदय नगरपालिकाका उप–प्रमुख दुर्गा बरालको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा संविधानसभा सदस्य टिकाराम सुब्बा, वडा नं. ११ का वडाध्यक्ष सन्तोष राई, सुरक्षाकर्मी, पत्रकार, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, शिक्षाविद्, विद्यालय व्यवस्थापन समिति, पूर्व शिक्षक–शिक्षिका तथा पूर्वविद्यार्थीको उल्लेखनीय उपस्थिति थियो।

वार्षिकोत्सवमा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रम, बाल–बालिकाले देखाएको प्रतिभा, पूर्व शिक्षक–शिक्षिकाप्रति गरिएको सम्मान तथा बिदाइ, साथै विद्यालयलाई योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रदान गरिएको प्रशंसा पदक तथा पुरस्कार कार्यक्रमको आकर्षण बने। उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरियो।

कार्यक्रमकै अवसरमा पूर्व शिक्षक शुशिल कुमार तामाङले विद्यालय कोषका लागि ५१ हजार रुपैयाँ सहयोग गरे। अन्य शुभेच्छुकहरूले पनि आर्थिक सहयोग गर्दै विद्यालयप्रतिको समर्थन निरन्तर रहने प्रतिबद्धता जनाए। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिष्म प्रधानले वार्षिकोत्सव विद्यालयको प्रगति, अनुशासन र समुदायको विश्वासको प्रतीक भएको बताए।

सेवानिवृत्त शिक्षक दलबहादुर सापकोटा, सुस्मा अधिकारी र सुशील कुमार तामाङलाई विद्यालयले विशेष सम्मान प्रदान गरियो। त्यस्तै, डिकी काजीले जर्सी सेट तथा स्टेशनरी सहयोग गरिन् भने सुनमाया लोहारले ५ हजार रुपैयाँ प्रदान गरिन्। हरिमाया दर्जी, सोनाम छिरिङ काजी, विजय मोक्तानलगायतलाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य नेपालीमा तायमा राई र अङ्ग्रेजीमा रेखा लोहारले प्रस्तुत गरेका थिए। सञ्चालन शिक्षक सोमनाथ अधिकारी र छात्रा सन्ध्या लिम्बुले गरेका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी स्रोत शिक्षक कमला भट्टराईले दिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *