झापा । झापाको बुद्धशान्ती –७ सुनमाईमा सीमा आचार्यको घरको बरन्डामा करिव ४–५ दिनकी नवजात छोरी जीवितै फेला परेकी छिन्।
सोही घरमा भाडामा बस्ने ताप्लेजुङ जिल्ला श्रिजंगा गाउँपालिका–७ का ओमप्रकाश तुमीहाङ लिम्बुले घरको बरन्डामा शिशु देखेपछि तत्काल इलाका प्रहरी कार्यालय बुधबारेलाई जानकारी गराएका थिए।
प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासी, भद्रभलादमी र जनप्रतिनिधिको रोहवरमा शिशुलाई उद्धार गरी प्रदेशीय अस्पताल भद्रपुर पठाएको जनाएको छ।
शिशु कसले त्यहाँ राखेको हो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ। शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ।