देशबिदेशका राजनीतिका कुराहरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn
              ✍  गोबिन्द फ्याक लिम्बू, 
नेपालमा मेजर पार्टीको अधक्ष पदमा जनजाती बाट पहिलो पटक राजेन्द्र लिङ्ग्देन निर्वाचित भए भनेर जीवनभर राजनीतिमा लागेकाहरुले समेत भन्ने गर्छन / लेख्ने गर्छन जुन गलत हो (अध्यनको कमि )….2015 सालको आम निर्वाचनमा 9 सिट जितेको गोर्खा परिषद पार्टीका अधक्ष रणधिर सुब्बा (लिम्बू ) थिए l
        2015 सालको आम निर्वाचनमा नेपाली कांग्रेसका बिपी कोइराला बाहेक अरु पार्टीका सबै पार्टी प्रमुखहरु चुनाव हारेका थिए… पार्टी प्रमुखहरु :- गोर्खा परिषदका रणधिर सुब्बा, कम्युनिस्टका केशरजङ्ग रायमाझी र् प्रजापरिषदका टङक प्रसादआचार्य सबै चुनाव हारेका थिए l
एकपटक एउटा पदमा आसिन भइसकेका व्यक्तिले भविष्यमा त्यो भन्दा तल्लो ओहोदामा कुनै पनि हालतमा बस्न हुँदैन भन्ने बुद्धु मानसिकता सायद नेपालीहरुमा मात्रै पो छकी?…. प्रधानमन्त्री भइसकेका इजरायलका प्रधानमन्त्री बेञ्जमिन नेतान्यूले पछिबाट अर्थमन्त्रि र विदेश मन्त्रि भएका थिए…. रुसका पुटिन पनि राष्ट्रपति भइसकेपछि प्रधानमन्त्री भएका थिए l क्याम्बोडियाका राजा नोरोदोम सिहानौकले गद्दी त्यागेर चुनावमा भाग लिइ अत्यधिक बहुमत ल्याएर कार्यकारी प्रधानमन्त्री भएका थिए l
 स्नातक पास नगरेका र् 55 बर्ष कटेकाहरुले भुटानको संसद को चुनावमा उठ्न पाउँदैनन् l
    मलेशीयामा प्रत्येक 5 / 5 वर्षमा राजाको चुनाव हुन्छ l (9वटा राज्यका 9 जना राजाहरु मध्ये बाट )
मलेशीयामा जातिगत पार्टीहरु मले पार्टी( United Malay’s National Organization,), चिनाहरुको पार्टी ( Malaysian Chinese Association) र् इन्डियनहरुको पार्टी (Malaysian Indian Congress ) हरुको गठ्बन्धनले मलेशीयामा लगातार जसो सरकार गठन गरेर शासन चलाईरहे लेबनानमा कृषियन र् मुस्लिम् पालैपालो प्रधानमन्त्री हुने कुरा संबिधानले नै निर्दिष्ट गरेको छ l
सिंगापुरमा त्यहाँका आदिबासी मलायुहरुलाई प्रत्येक 15 वर्षमा एक कार्यकाल रास्ट्रपति हुनै पर्ने निश्चितता संबिधानले नै गरेको छ l लगातार 2 कार्यकाल सम्ममा पनि त्यहाँका आदिबासी मलायुहरु रास्ट्रपतिमा निर्वाचित हुन सकेनन भने तेस्रो पटकको रास्ट्रपतिको चुनावमा मलायु बाहेक अरु जातिहरु रास्ट्रपतिको चुनावमा उमेदवार नै हुन पाउँदैनन् l
लुम्दे ईलाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *