✍️गाेविन्द पाैडेल
माईजोगमाई । विकल्पकाे खाेजिगर्दै युवाहरु विदेशिएर गाउँ नै रित्ताे भईरहदा माईजाेगमाईका एक युवाकाे कमाई भने निक्कै प्रेरणादायी रहेकाे छ ।
माईजाेगमाई २ खाेल्मेकाे युवा प्रदिप खड्काकाे कृषि कर्मले अहिले गाउँमा वसेर मेहनत गरे केही गर्न सकिन्छ भन्ने उदहारण बनेकाे छ ।
प्रदिपले चारखाेल कृषि तथा पशुपालन फारम खाेलेर गरेकाे कृषि कर्मबाट मनग्गे आम्दामीगरिरहेका छन् ।
याे समय उनलाइ अलैंची काे विरुवा निकाल्न र बेच्नमा भ्याई नभ्याई छ । भार्लाङ जातकाे अलैंची खेती सगै ब्यवसायिक नर्सरी गरेका प्रदिपले याे बर्ष प्रतिगाेटा १५ रुपैयाका दरले तीसहजार बिरुवा बेचेर चारलाख पचासहजार भित्राएका छन् ।
स्वस्थ र निराेगी अनि धेरै उत्पादकत्व भएकाे बिरुवा अलैंची पारखी किसानहरुलाई बेचेका हुन ।उनले उत्पादन गरेकाे बिरुवा अहिले जिल्लाकै राेङ गापा,सुर्याेदय नगरपालिका,माईजाेगमाई र देउमाई नगरपालिकाका किसानहरुले माग गरेर लगेकाे बताए ।
आफुले बिरुवा सँगै फल पनि उत्पादन गर्ने गरेकाेमा यसबर्ष करिव आठ मन उत्पान हुने बताए ।यसरी हेदा उनकाे अलैंची खेतिकाे मात्रै कमाई बार्षिक १२ लाख हुने निश्चित छ ।
प्रदिपले डाला बिरुवा मात्रै हैन विजु बिरुवा पनि नर्सरी गरेका छन् । FAO काे सहयाेगमा विजु बिरुवा तैयारी गरिरहेकाे प्रदिपले आगामी बर्ष कम्तिमा एकलाख बिरुवा बेच्ने र आफ्नै वारीमा २५ देखि ३० मन अलैंची उत्पादन गर्ने लक्ष्य राखेकाे बताए ।
“खाेल्साकाे सुन ” उपमा पाएकाे अलैंची नेपालवाट बिदेश निर्यात हुने सबैभन्दा उच्च कृषि उपज हाे ।पहिला नेपालकाे पाँच जिल्लामा मात्रै उत्पादन हुने अलैंची हाल चालीस भन्दा बढि जिल्लाहरुमा विस्तार भएकाे तर पुर्वी नेपालका जिल्लाहरुमा भने डढुवा,छिर्के फुर्के् गानाे कुहिने जस्ता राेगहरुवाट मासिदै गएकाे छ ।पुराना वगान र स्थानमा गरिएकाे अलैंची राेग ग्रस्त बनेपछि किसानहरुले नयाँ ठाउँमा नया तरिकावाट खेती गर्दै आएका छन् ।