देशका अधिकांश स्थानमा आज बदलीसहित वर्षाको सम्भावना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

✍️ कन्याम पोस्ट समाचार डेस्क – असार ३, २०८२

हाल कोशी, मधेश, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही भागमा सक्रिय मनसुनी वायुले प्रभाव जमाइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशको पश्चिम भू-भागमा भने पश्चिमी वायु र स्थानीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

🔹 कोशी प्रदेश:
हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने थोरै स्थानमा हल्का हिमपात हुन सक्छ। पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ।

🔹 मधेश प्रदेश:
तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

🔹 बागमती प्रदेश:
हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानमा हल्का हिमपात सम्भावित छ। पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

🔹 गण्डकी प्रदेश:
हिमाली क्षेत्रमा आंशिक बदलीसहित हल्का हिमपात सम्भावना। पहाडी तथा तराई क्षेत्रमा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुने देखिएको छ।

🔹 लुम्बिनी प्रदेश:
हिमाली, पहाडी तथा तराई क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

🔹 कर्णाली प्रदेश:
हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदलीसहित एक–दुई स्थानमा हल्का हिमपात सम्भावना। पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।

🔹 सुदूरपश्चिम प्रदेश:
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना छ भने पहाडी र तराई क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।

वर्षासँगै पहिरो तथा बाढीको जोखिम हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *