आजको मौसम आंशिक बदली, हल्का वर्षा हिमपातको सम्भावना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशका अधिकांश भूभागमा मौसम मुख्यत सफा रहने  छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार विशेषगरी कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, बागमती प्रदेशका उच्च भूभागमा पनि आंशिक बदली पर्ने देखिएको छ।
यसैबीच देशभर चिसो थप बढ्दै गएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *