नेकपा( एमाले )छाडेपछि निष्कृय रहेका रुपेश खतिवडा नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
विराटनगरमा आज भएको भएकोवृहत् एकता सभामा खतिवडा नेकपामा प्रवेश गरेका हुन । जिल्ला कमिटी मोरङको सचिव रहेका खतिवडाले ७९ को निर्वाचनको बेला एमालेबाट साधारण सदस्यसमेत नरहने गरी पार्टी छाडेका थिए ।
मोरङ क्षेत्र नम्बर १ (२) बाट आकांक्षी रहेका उनले उमानाथ गौतमलाई पार्टीले टिकट दिएपछि राजीनामा दिएका थिए ।
खतिवडाले पार्टी प्रवेश गर्ने क्रममा एमाले पार्टी अब विधि र पद्धतिमा नभई नितान्त व्यक्तिवादी भएको आरोप लगाए । उनले एमालेभित्र इमानदार र वैचारिक नेता-कार्यकर्तालाई टिक्न नसक्ने अवस्था सिर्जना गरिएको टिप्पणी गरे । उनले आफू पदका लागि नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध नभएको स्पष्ट पारे।