झापाको अर्जुनधारामा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ।अर्जुनधारा– ११, चाम्लिङडाँडा निवासी इन्द्रबहादुर राईका १० वर्षीय छोरा अनिश राईलाई गए राति आफ्नै घरमा सुतिरहेको अवस्थामा विषालु सर्पले टोकेको थियो।
पारिवारिक स्रोतका अनुसार, बालकलाई उपचारको लागि तत्काल चारआली सर्पदंश केन्द्र पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा डाक्टरहरूले चेकजाँच गर्दा उनको पहिले नै मृत्यु भइसकेको पुष्टि भएको प्रहरीले जानकारी दिएको छ। मृतक बालकको शव हाल सोही अस्पतालमा राखिएको छ।