काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै विशेष मौसमी प्रणाली सक्रिय छैन। देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी स्थानमा सामान्यतया सफा मौसम रहेको विभागले जनाएको छ।
दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहँदा, अन्य भागमा मौसम सफा रहने सम्भावना छ। साथै, कोशी प्रदेशका केही पहाडी स्थानमा हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
राति भने देशभर मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ।