चिया मजदुरको न्यूनतम पारिश्रमिक बढाउन सहमति

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

चिया उद्योग मजदुर र उत्पादकबीच लामो समयदेखि चलिरहेको पारिश्रमिक विवाद सहमतिमा टुंगिएको छ। नेपाल चिया उत्पादक संघ र विभिन्न ट्रेड युनियनबीच सोमबार भएको वार्तापछि सम्झौता भएको हो।

सम्झौताअनुसार चिया बगानमा कार्यरत मजदुरको दैनिक ज्याला दर रु २८६.९२ बाट बढाएर रु ३९२.०६ कायम गरिएको छ। मासिक हिसाबले यो रकम रु ७,५७८ बाट बढेर रु १०,१९२ पुगेको छ। यस्तै, स्थायी मजदुरको मासिक तलब रु ६,४५४ बाट बढाएर रु ८,६४९ निर्धारण गरिएको छ। यो व्यवस्था २०८२ साल साउन १ गतेदेखि नै लागू हुने भएको छ।

नेपाल चिया उत्पादक संघका संयोजक जयप्रकाश शर्मा, सदस्य विनय गोयल, भानु पोखरेल, मनोज साह, राजेन्द्रकुमार राजबंशीसहित युनियनका प्रतिनिधिहरूले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। सहमति कार्यान्वयनमा ढिलाइ नगरी तुरुन्त लागू गर्ने प्रतिबद्धता दुवै पक्षले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *