देशका विभिन्न स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

देशका विभिन्न स्थानमा वर्षा भइरहेको भन्दै जल तथा मौसम विभागले सतर्क रहन आग्रह गरेको छ। पछिल्लो एक घण्टामा लम्जुङस्थित राइनासटार वर्षा मापन केन्द्रमा ११५.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको विभागले जनाएको छ।

त्यसैगरी, राजधानी काठमाडौँसहित आसपासका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। गोरखाको आरुघाटमा १७.१ मिलिमिटर, स्याङजामा १४.२ मिलिमिटर, सिन्धुपाल्चोकमा १५.२ मिलिमिटर, डोटीमा १६.२ मिलिमिटर र बझाङको थलारामा ११.८ मिलिमिटर वर्षा मापन भएको छ।

विभागका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई बहने स–साना नदी–खोलामा आकस्मिक रुपमा पानीको बहाव बढ्न सक्ने भएकाले मध्यम स्तरको जोखिम रहने अनुमान गरिएको छ। यस कारण जनतालाई सावधानी अपनाउन आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *