इलामका किरणको ककनी दुर्घटनामा मृत्यु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 ईलाम ।इलामको माइजोगमाई गाउँपालिका-२ घारेगाँउका ४५ वर्षीय किरण राईको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । हर्कवीर राईका छोरा किरणको हिजो  नुवाकोटको ककनीमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। उनी वैदेशिक रोजगारीका लागि कोरियामा १० वर्ष बसेर हालै फर्किएका थिए। पछिल्लो समय उनी ललितपुरको हात्तीबनमा बस्दै आएका थिए।
उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *