तमोर नदिमा टिप्पर खस्दा सुवेदी बेपत्ता

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

ताप्लेजुङको तमोर नदीमा टिप्पर खस्दा एकजना बेपत्ता भएका छन् ।  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले बताए अनुसार   निर्माणाधीन तमोर–५ जलविद्युत आयोजनाको टिप्पर खस्दा तनहुँको सुक्लागण्डकी गाउँपालिका–४ का २४ वर्षीय सुदीप सुवेदी बेपत्ता भएका हुन ।
तमोर–५ जलविद्युत आयोजनाको ग १ क ६३१८ नम्बरको टिप्परमा समस्या आएपछि मर्मत गरेर चेक गर्ने क्रममा सो टिप्पर अनियन्त्रित भई तमोरमा खसेको हो ।
टिप्पर तमोर नदी बिचमा देखिएको छ भने सुवेदी बेपत्ता भएका छन् । प्रहरी निरीक्षक बस्नेतअनुसार तमोर नदीमा बेपत्ता भएका सुवेदी तमोर–५ जलविद्युत आयोजनामा मेकानिकका रुपमा कार्यरत थिए ।
यता बेपत्ता सुवेदीको लेलेपको लुङ्थुङ प्रहरी चौकीबाट खटेको प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *