देशभर मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

हाल देशभर मनसुनको प्रभाव सक्रिय रुपमा देखिएको छ। मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाभन्दा केही उत्तरतर्फ सरेकोले देशका अधिकांश भागमा वर्षा बढ्ने अनुमान गरिएको छ। विशेषगरी तराई भू-भाग नजिक यो रेखा रहेकाले आगामी केही दिनमा मनसुन अझै सक्रिय हुने देखिन्छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

दिउँसो:
देशभर सामान्य बदली रहनेछ। सबै प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम खालको वर्षा हुने सम्भावना छ। साथै, कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा केही स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान छ।

राति:
सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी लगायतका तराई क्षेत्रमा र केही पहाडी भू-भागमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। केही स्थानहरूमा भारी वर्षाको पनि चेतावनी दिइएको छ।

बागमती प्रदेशको पहाडी क्षेत्र समेत भारी वर्षाको जोखिममा रहेकोले बाढी, पहिरो तथा जलमग्नता जस्ता सम्भावित जोखिमहरूलाई मध्यनजर गर्दै सतर्क रहन तथा मौसमसम्बन्धी पछिल्ला अपडेटहरू नियमित रूपमा हेर्न विभागले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *