इलाममा बढ्दो लागू औषध समस्या

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

 

इलाम — पछिल्लो समय इलाम जिल्लामा लागू औषधको प्रयोग र कारोबारमा तीव्रता आएको पाइएको छ। यद्यपि जिल्ला प्रहरी कार्यालयले विभिन्न विद्यालय, कलेज र समुदायस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ, तर लागू औषधको दुरुपयोगमा उल्लेख्य कमी आउन सकेको छैन।

प्रहरीका अनुसार आर्थिक वर्ष ०८०/८१ मा लागू औषध सम्बन्धी १८ वटा मुद्दा दर्ता भई ३४ जना पक्राउ परेका थिए। तर, आर्थिक वर्ष ०८१/८२ मा मुद्दाको संख्या बढेर २७ पुगेको छ भने पक्राउ पर्नेको संख्या ५२ मा पुगेको छ। प्रहरीले बरामद गरेको लागू औषधमा २५.९६ ग्राम ब्राउन सुगर, ८१६ ग्राम गाँजा, ३.३९ ग्राम अफिम, ४ वटा नाइट्रोसन ट्याब्लेट र १.२० ग्राम नाइट्रोसन रहेको उल्लेख छ।

जिल्ला प्रहरी प्रमुख एक नारायण कोइरालाका अनुसार सवारी चेकजाँच कडाइ गरिएको, काउन्सिलिङ कक्षा सञ्चालन गरिएको र सचेतना कार्यक्रम जारी राखिएको भए पनि समस्या अझै जटिल बन्दै गएको छ। “नेपाल–भारतको खुला सिमाना, प्रहरी जनशक्तिको कमी र घरपरिवार तथा समाजको कम चेतनाले समस्या थपिएको छ,” कोइरालाले बताए।

उनले समाजभित्रै लागू औषधको सञ्जाल फैलिरहेको बताउँदै, यसलाई नियन्त्रण गर्न समुदाय, परिवार र सम्पूर्ण नागरिकले सहकार्य गर्नुपर्नेमा जोड दिए।

प्रहरी तथ्यांक अनुसार यो समस्यामा १८ वर्षभन्दा मुनिका किशोरदेखि वृद्ध व्यक्तिसमेत संलग्न रहेको पाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *