वाई सि एलको २ महिने श्रम तथा उत्पादन अभियान इलाममा शुरु

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

नेकपा माओबादी  केन्द्र सम्वद्ध  युवा  संगठन वाइ सि एल नेपालको २ महिने अभियान   श्रम तथा उत्पादन अभियान शुरु भएको छ ।अभियान इलामको माई नगरपालिकाबाट शुरु भएको हो । माई नगरपालिका २ र ४ मा रहेको नमुना सामुदायिक वनमामा विभिन्न जात को बिरुवा साथै फुँल रोपाइ र सरसफाई को कार्यक्रम गरि अभियानको काम शुरु भएको हो ।

अभियानको  उद्घाटन    नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य    धीरेन्द्र शर्मा रमण, प्रदेस सदस्य दिपक सेन्चुरी, माओवादी केन्द्रका माइ नगर कमिटि अध्यक्ष भक्त लुङ्गेली, सचिव मदन लोक्तामले गरेका थिए । कार्यक्रममा वाई सि एलका केन्द्रिय सदस्य राजु लोक्ताम, निरा गुरुङ पाटी सचिवालय सदस्य सुमन राई, वाई सिए ल उपाध्यक्ष कोभित दाहाल, अमृता राईको  लगायतको  उपस्थिति  थियो ।

त्यसैगरि सशस्त्र प्रहरी बल दानाबारी, प्रहरी चौकी लोदिया, नमुना युवा क्लब वाई सि एल प्रदेश सदस्य राजेस प्रधान लगायतको सहभागिता रहेको वाई सि एल इलाम अध्यक्ष डिवन राईले जानकारी दिए ।

तस्वीर  :  लोकल सन्देश

     

Leave a Reply

Your email address will not be published. Required fields are marked *