इलाममा धारिलो हतियार प्रहारबाट एकजनाको मृत्यु, एक गम्भीर घाइते

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

इलामको सूर्याेदय नगरपालिका–१, भालुखोपमा  धारिलो हतियार प्रहार गरि   एक जनाको हत्या गरिएको छ  भने अर्का एक जना गम्भीर घाइते छन् ।

स्थानीय काजी तामाङको घरमा गएराति माइजोगमाई २, तारसिंह गाउँ बस्ने २१ वर्षे प्रकाश चापागाईंको धारिलो हतियार प्रहारबाट हत्या गरिएको प्रहरीले जनाएको छ ।   घटनामा  ३२ वर्षे निरोज चापागाईं गम्भीर घाइते भएका छन् ।

प्रकाशलाई लिइ निरोज ससुरालीघर गएका बेला सूर्याेदय १, शिरिसेका ३३ वर्षे किरण शेर्पासँग झगडा परेको थियो । साेही क्रममा  शेर्पाले प्रकाशमाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पेटमा धारिलो हतियार प्रहारबाट निरोज गम्भीर घाइते छन् । घाइते निरोजको उपचार भइरहेको छ ।

शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *